Home » प्रकृति You are browsing entries filed in “प्रकृति”

ओखलढुंगामा फागुनमै लालिगुराँस फुल्न थाल्यो

ओखलढुंगा, ११ फागुन । चैत वैशाखमा फूल्ने लालिगुराँस ओखलढुंगामा फागुनमै फुल्न थालेको छ । जिल्लाका अधिकांश वनहरुमा चैत–वैशाख महिनामा फुल्ने लालीगुराँस माघ फागुनदेखि नै फुल्न थालेको हो । समुन्द्री सतहभन्दा १ हजार ५ सय देखि ३ हजार ५ सय उचाइ सम्ममा फुल्ने गुराँस चार वर्षयता समय अगावै फुल्न थालेको जिल्ला वन कार्यालय ओखलढुंगाले जनाएको छ […]

Posted in प्रकृति | Read More »

प्रकृतिलाई माया गर्ने प्रतिबद्धता

काठमाडौँ, २ फागुन । विभिन्न क्षेत्रका विज्ञहरूले प्रकृतिलाई आफ्नो पे्रमी वा प्रेमिका बनाएर माया गर्न आग्रह गरेका छन् । प्रणय दिवसका अवसरमा सेभ द प्लानेटद्वारा आज आयोजित कार्यक्रमका सहभागीहरू “वातावरणलाई संरक्षण गर्नु व्यक्ति एक्लैले सम्भव नहुने र यसमा आजका युवा शक्तिको खाँचो छ, जसले नियम कानुनलाई सही रूपमा पालना गर्न र गराउन सक्छन्” भन्ने निष्र्कषमा […]

Posted in प्रकृति | Read More »

यसरी मनाउने हो कि भ्यालेन्टाइन डे

नुवाकोट, २ फागुन । आज फेबु्रअरी १४ अर्थात् प्रणय दिवस । नेपालमा आपसी प्रेम र सद्भाव साटासाट गर्दै यो दिवस मनाइरहेका छन् । धेरैले प्रेमी प्रेमिकालाई माया साटेर यो दिवस मनाइरहेका छन् । तर, सेभ द प्लानेट मिसन २०२० नेपालले यो दिवसका अवसरमा मानव जातिबीचमा एकअर्कालाई प्रेम र सद्भाव साट्ने मात्र नभई सँगसँगै प्रकृतिलाई माया […]

Posted in प्रकृति | Read More »

संरक्षित वन्यजन्तु ब्वाँसो सङ्कटमा

चितवन, २८ माघ । पछिल्लो अध्ययनले संरक्षित वन्यजन्तु ब्वाँसो सङ्कटमा पर्दै गएको देखाएको छ । चोरी सिकार र अवैध व्यापारले गर्दा ब्वाँसो लोप हुन लागेको अध्ययनले देखाएको छ । हिउँ चितुवा, बाघ र गैंडा संरक्षणमा संरक्षणकर्मीको ध्यान केन्द्रित हुँदा उत्तिकै महत्पूर्ण रहेको ब्वाँसोको विषयमा भने कसैको पनि ध्यान जान नसकेको संरक्षणकर्मीले बताएका छन् । चितवनलगायत  […]

Posted in प्रकृति | Read More »

दुई सय ८५ प्रजातिका वनस्पति नेपालमा

काठमाडौँ, २७ माघ ।  विश्मै दुर्लभ मानिएका फूल फुल्ने २८५ प्रजातिका वनस्पति नेपालमा मात्र पाइने गरेका छन् । वनस्पति विभागका वैज्ञानिकहरुले अहिलेसम्म गरेको अनुसन्धानले ती वनस्पति नेपालमा मात्र पाइने गरेको देखाएको छ । विभागले ती स्थानीय वनस्पतिको अभिलेखीकरण गरेको बताउँदै वैज्ञानिकहरुको खोजतलास र अध्ययनले उक्त वनस्पति नेपालबाहेक अन्य देशमा नपाइएको दाबी गरेको छ । विभागका […]

Posted in प्रकृति | Read More »

प्रकृतिको कुचिकार गिद्ध देखिन थाले

कपिलवस्तु, २४ माघ ।  गिद्ध सरक्षणका लागि सरोकारवाला निकायहरुको महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताले औँल्याएका छन् । प्राकृतिको कुचिकारको रुपमा रहेको गीद्ध जस्तो पन्छी लोप हुँदा प्राकृतिक वातावरणमा असर पर्ने हुँदा यसको सरक्षण सबै लाग्नु पर्ने बताइएको छ । विशेष गरि पशुहरुको उपचारमा प्रयोग गरिने डाइक्लोफेनिक नामक औषघी प्रयोग गर्दा सो पशु मरेपछि गिद्धले सिनो खादा […]

Posted in प्रकृति | Read More »

इनार र कल सुक्न थालेपछि सिराहावासी चिन्तित

सिराहा, २२ माघ  । केही वर्षअघिसम्म पानीको खासै समस्या नरहेको सिराहाको लालपुर गाविसमा अहिले पानीको अभावले सताउन थालेको छ । लालपुर मात्रै होइन, यहाँका अधिकांश ठाउँ अहिले पानीको हाहाकार हुने अवस्थामा छ । दुई वर्षअघिसम्म इनार र कलबाटै सहजै पानी आउने यो जिल्लामा पहिल्लो समय इनारहरू सुक्न थालेका छन् । कलबाट पनि पानी आउन छाडेको […]

Posted in प्रकृति | Read More »

गिद्ध मर्नुको कारण खोज्दै संरक्षणकर्मी

कावासोती, २२ माघ । नवलपरासीको रामनगरमा पोल्ट्री फर्मले राखेको विष खाएर मरेको स्यालको सिनो  खाँदा सङ्कटापन्न पक्षी गिद्धहरु मरेको आशङ्का संरक्षणकर्मीको छ । गत बिहीबार तिलकपुर क्षेत्रमा एकै ठाउँमा ११ वटा गिद्ध मरेको पाइएको थियो । गिद्धको बाक्लो बासस्थान रहेको तिलकपुर क्षेत्रमा रहेका पोल्ट्री फर्मले स्याल मार्न प्रयोग विषादी प्रयोग गर्ने गरेको र विषादी खाँदा […]

Posted in प्रकृति | Read More »

डल्फिन माछा सङ्कटमा

सप्तरी, १८ माघ । कुनै बेला डल्फिन माछाका लागि प्रख्यात मानिएको कोसी टप्पु वन्य जन्तु आरक्षमा बढ्दो चोरी तस्करीसँगै डल्फिन माछा सङ्कटमा परेको छ । माछाको चोरी सिकारीसँगै जालको साटो करेन्ट लगाएर माछा मार्ने र दहको छेउमा मलाहाहरुको बसोवासका कारण डल्फिन माछा सङ्कटमा परेको हो । केही वर्षअघिसम्म आरक्षमा २५÷३० वटासम्म डल्फिन माछा रहेकामा अहिले […]

Posted in प्रकृति | Read More »

बस्ती जोगाउन जैविक तटबन्ध

कञ्चनपुर, १८ माघ । बस्ती जोगाउन कञ्चनपुरको एक खोलामा नमुना जैविक तटबन्ध निर्माण गरिएको छ । चुरेको फेद भएर दक्षिण बग्ने भीमदत्त नगरपालिका–२ उल्टाखामको भा“सीखोलामा नमुना जैविक तटबन्ध निर्माण गरिएको हो । कटानीबाट जग्गा जमिन र नजिकको बस्ती जोगाउनका लागि नेपाल पर्यावरण तथा शिक्षा विकास समाज (निड्स) कञ्चनपुरले भाँसीखोलमा ७० मिटर लामो जैविक तटबन्ध निर्माण […]

Posted in प्रकृति,मुख्य खबर | Read More »

Categories

    Loading...