Home » विशेष रिपोर्ट You are browsing entries filed in “विशेष रिपोर्ट”

‘भैँंसी’ बारे सौराहामा अन्तर्राष्ट्रिय संगोष्ठी हुँँदै

चितवन। भैँंसीपालन र यसको व्यावसायिक उत्पादनको क्षेत्रमा कार्य गरिरहेका विभिन्न देशका वैज्ञानिकहरुको सहभागितामा ‘भैँंसी’ बारे अन्तर्राष्ट्रिय संगोष्ठी यही कात्तिक २९ गतेदेखि चितवनको सौराहामा हुनेभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय मुख्य आयोजक एवं नेपाल सरकार, पशुपछी विकास मन्त्रालय, पशुसेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद् र मिचिगन […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

मध्यपहाडी क्षेत्रमा गहुँ छरिँदै, सिँचाइ सुविधा नहुँदा समस्या

बैतडी  । बैतडीसहित मध्यपहाडी क्षेत्रमा गहुँ छर्न शुरु भएसँगै किसान गहुँ छर्ने काममा व्यस्त छन् । कात्तिक पहिलो सातादेखि मंसिर दोस्रो सातासम्म गहुँ छर्नका लागि उपयुक्त समय भएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । गहुँ छर्ने बेलामा खेतलाई राम्रोसँग खनजोत गरी गोबर मल हालेर गहुँ छरेमा उत्पादन राम्रो हुने उहाँले बताउनुभयो […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

अदुवामा रोग लागेपछि किसान चिन्तित

तेह्रथुम । जिल्लाका किसानले लगाएको अदुवामा गानो कुहिने, गबारो र पात बेरुवालगायतका विभिन्न रोगको संक्रमण देखिन थालेको छ । खाद्यान्न बाली मासेर लगाएको व्यावसायिक अदुवा खेती रोगले सखाप पारेपछि किसान चिन्तित भएका छन् । जिल्लामा मुख्य नगदेबालीका रुपमा खेती भइरहेको अदुवाको माउ झिकिसकेपछि रोगको संक्रमण देखा परेको हो । अदुवामा गानो कुहिने, गबारो र बेरुवाको […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

अलैँचीको भाउ दशकयताकै कम

तेह्रथुम । म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन (४० किलो) रु २५ हजारको दरले खरिद गर्नुभयो । अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहनुभएका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गर्नुभएको हो । व्यवसायी ढकाल भन्नुहुन्छ, “अलैँचीको भाउ झन् ओरालो लाग्दैछ, सुधार आउने कुनै छाँट–काँट छैन, नियमित ग्राहक […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

फलेवासमा मकै भण्डारण घर निर्माण

पर्वत ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम सञ्चालन भएको फलेवासमा मकै भण्डारण घर निर्माण भइरहेको छ । फलेवास नगरपालिका–५ खानीगाउँमा निर्माण भइरहेको सो गोदामघरमा २५ टन मकै भण्डारण गर्न सकिने छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा मकै जोन कार्यान्वयन कार्यालय फलेवासले गोदामघर निर्माण गर्न लागेको हो । खानीगाउँ, मुडिकुवा, शंकरपोखरी, थापाठाना, लिमिठाना र […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार पुगेपछि किसान निरास

फुङलिङ, ताप्लेजुङ । सुजन दाहालले दुई वर्षअघि प्रतिमन रु एक लाख १० हजारमा अलैँची बेच्नुभएको थियो । अहिले जम्मा रु २४ हजारमा अलैँची बेच्नुपर्दा निकै खिन्न हुनुहुन्छ । बजारमा निरन्तर अलैँचीको भाउ घट्दै गएपछि स्थानीय कृषकमा निराशा छाएको छ । आँगनमा अलैँची सुकाउँदै गरेका दाहालले मूल्य स्थिर नभइदिँदा र बजार उपलब्ध नहुँदा समस्या आएको बताउनुभयो […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

विदेशिएका युवालाई अलैँचीले गाउँ फर्कायो

लमजुङ । भुलभुले–९, लुदीका कमबहादुर तामाङले विदेश छोडेको चार वर्ष भयो । बाह्र वर्ष विदेशमा पसिना बगाएका तामाङले गाउँमा अलैँचीखेतीको विस्तार भएपछि नेपाल फर्कनुभएको हो । तामाङले अलैँचीबाट विदेशको भन्दा तीन गुणा बढी आम्दानी गर्दै आउनुभएको छ । तामाङ भन्नुहुन्छ, “विदेशमा जसोतसो वार्षिक रु तीन÷चार लाख कमाउन सकिन्थ्यो, अहिले अलैँचीबाट मात्रै वार्षिक रु १० लाखभन्दा […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

रैथाने बालीको सम्भावना

बाजुरा, २४ भदौ । मानव विकास सूचकांकमा पुछारमा रहेको जिल्ला लामो समयदेखि खाद्य असुरक्षित रहँदै आएको छ । पाँच वर्षमुनिका बालबालिका कुपोषित हुने दर पनि अन्य जिल्लाको भन्दा उच्च छ । भौगोलिक विकटता र दुर्गमले गाँजेको जिल्ला सामाजिक आर्थिक विकासका सूचक र चेतनाको दृष्टिले पनि देशका अन्य भागभन्दा पछि छ । जिल्लाको खाद्य तथा पोषण […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

गाईको पिसाबबाट औषधि र मलबाट प्राङ्गारिक मल उत्पादन

बाँके । बाँके डुडुवा गाउँपालिका– ४ कम्दी पदमपुरस्थित शिवगायत्री विद्या विस्तार गौशाला गुरुकूल आश्रम गौशाला संकटमा परेको छ । जैविक खेतीका लागि प्राङ्गारिक मल उत्पादन, स्थानीय जातका गाईको संरक्षण, गौमुत्रबाट औषधि बनाउने उद्देश्यले सञ्चालनमा ल्याइएको गौशालामा ५५ वटा गाई र बाच्छाबाच्छी छन् । तर गौशालाको उचित व्यवस्थापन र स्तरोन्नतीका लागि सरकारले बेवास्ता गर्दा संकटमा पर्दै […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

कतै जागिर नपाएपछि मौरीपालन

पोखरा । पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बन्नुभएको छ । सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु १८ लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले ९० वटा घारबाट मह उत्पादन गर्दै आउनुभएको छ […]

Posted in मुख्य खबर,विशेष रिपोर्ट | Read More »

Categories

    Loading...