Home » तस्वीर You are browsing entries filed in “तस्वीर”

खेतबारी जोत्ने हाते ट्याक्टर

जिल्ला कृषि विकास कार्यालय इलामले ५० प्रतिशत अनुदानमा वितरण गर्न ल्याएको खेतबारी जोत्ने हाते ट्याक्टर । कार्यालयले कृषि कार्यक्रमबाट पाँच वटा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १८ वटा र कृषि इञ्जिनियरिङ निर्देशनालयबाट प्राप्त भएको १२ वटा ट्याक्टर वितरण गर्ने जनाएको छ । तस्बिर : गोविन्द लामिछाने, इलाम, रासस

Posted in तस्वीर | Read More »

धान रोपाइँ

झापाको कलवलगुडीमा कृषि विकास कार्यालयद्वारा शुक्रबार धान रोपाइँ गरिँदै । तस्बिर : मोहम्मद सदरुल, भद्रपुर, रासस

Posted in तस्वीर | Read More »

अलैँचीका बिरुवा

जिल्ला कृषि विकास कार्यालय इलामले किसानलाई वितरण गर्न ल्याएको अलैँचीका बिरुवा । कार्यालयले इलामका सलकपुर, पान्दाम, फिक्कललगायतका क्षेत्रबाट विरूवा खरिद गरी किसानलाई निःशुल्क रूपमा वितरण गर्ने जनाएको छ । तस्बिर : गोविन्द लामिछाने, इलाम, रासस

Posted in तस्वीर | Read More »

धान दिवस

चितवनको रत्ननगरस्थित सौराहामा बिहीबार धान दिवसको अवसरमा स्थानीयवासीले बीउको मालाले स्वागत गर्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

Posted in तस्वीर | Read More »

सौराहामा धान दिवस

चितवनको रत्ननगरस्थित सौराहामा बिहीबार धान दिवसमा रोपाइँमा रमाइलो गर्दै स्थानीयवासीका साथमा अतिथिहरु । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस

Posted in तस्वीर | Read More »

धान रोपाइँ

धान दिवसको अवसरमा असार १५ गते काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकास्थित भकुन्डेबेसीमा रोपाइँ गर्दै कृषकलगायत विद्यार्थी । तस्बिर: मीना घोरसाइने, काभ्रे, रासस

Posted in तस्वीर | Read More »

कृषक हिलो छ्याप्ने होडबाजीमा

बागलुङ नगरपालिका–३ कृषि गाउँका किसान धान दिवसका अवसरमा एक आपसमा हिलो छ्यापेर रमाइलो गर्दै । तस्बिर : रामबहादुर थापा, बागलुङ, रासस

Posted in तस्वीर | Read More »

गहुँको बाला कुट्दै

भक्तपुर दोकछेंमा गहुँको बाला ओखलमा कुट्दै स्थानीय महिला । तस्बिर : लक्ष्मी गारु, भक्तपुर, रासस

Posted in तस्वीर | Read More »

बेनीमा कुखुरापालन

म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङले व्यावसायिक कुखुरापालन गरेर मासिक रु एक लाख आय आर्जन गर्न सफल भएका छन् । तस्बिर : कमल खत्री, म्याग्दी, रासस

Posted in तस्वीर | Read More »

कृषकलाई कृषि औजार

भूकम्पपीडित किसानलाई वितरण गर्न कृषि विकास कार्यालय खोटाङको परिसरमा राखिएका हाते ट्याक्टरलगायतका मेसिनहरु । तस्बिर : केदार मगर, खोटाङ, रासस

Posted in तस्वीर | Read More »

Categories

    Loading...