Home » पशु/पंक्षी पालन You are browsing entries filed in “पशु/पंक्षी पालन”

भेडापालन व्यवसाय संकटमा

पोखरा, २० कात्तिक । “पहिले पहिले हिमाली क्षेत्रमा ऊन कि सुन भन्ने उखान जनजिब्रोमा निकै प्रचलित थियो”, अन्नपूर्ण गाउँपालिका– ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले भन्नुभयो । पछिल्लो पुस्ता भेडापालनतर्फ आकर्षित हुन नसक्दा हिमाली कृषि परम्पराको महत्वपूर्ण पाटोका रुपमा रहेको यो व्यवसाय संकटमा पर्दै गएको छ । अन्नपूर्ण पदमार्ग क्षेत्रमा एक दशकअघिसम्म भेडी गोठ पर्याप्त संख्यामा […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

चिसो बढेपछि चौँरी गोठ बेँसीतर्फ झर्नथाले

इलाम, १७ कात्तिक  । जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् । इलामका सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्वुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्यधिक चिसो हुन थालेपछि चौँरी आफ से आफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौँरीपालक किसानले सोही […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

भेडापालन व्यवसाय संकटमा

सल्लेरी, सोलुखुम्बु, ५ कात्तिक ।  हिमाली भेगमा लगिएको भेडीगोठ विस्तारै जाडो बढेसँगै तल्लो भेगमा झार्न थालिएको छ । यस वर्ष चाँडै जाडो बढेकाले अधिकांश भेडीगोठ तल्लो भेगमा झारिसकिएको ओखलढुंगाका भेडापालक जितबहादुर गुरुङले बताउनुभयो । सोलुखुम्बुको मुक्ली, सल्यान तथा ओखलढुंगाका गुरुङ तथा केही राई जातिले पुस्तौँदेखि अँगाल्दै आएको भेडापालन व्यवसाय अन्य व्यवसाय जस्तो एक ठाउँमा मात्र […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

दूध बेचेर मासिक ६० हजारसम्म आम्दानी

पाल्पा, २२ असोज  । रामपुर नगरपालिका – ६ कौवा बस्ने विष्णुदेवी गैरेले दूध बेचेर राम्रो आम्दानी लिइरहनु भएको छ । चारवर्ष अगाडि दुईवटा उन्नत जातका गाई नवलपरासीको कावासोतीबाट ल्याई उहाँले गाईपालन शुरु गर्नुभएको हो । अहिले उहाँलाई गाईपालन व्यवसाय वरदान नै सावित भएको छ । आफूले मासिक रु ६० हजारसम्म दूध बेचेर आम्दानी गर्ने गरेको […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

कुखुरा फार्मबाट मनग्य आम्दानी

कञ्चनपुर, २२ असोज  । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– १० का अर्जुन खत्रीले कुखुरा फार्मबाट मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आउनु भएकोछ । वैदेशिक रोजगारीबाट फर्केर उहाँले रु ३५ लाखको लगानीमा कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । स्थानीय बासिन्दाको दुई बिगाहा १० कठ्ठा जग्गा भाडामा लिएर उहाँले सञ्चालन गर्नुभएको लेयर्स कुखुरा फार्ममा तीन हजार […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

वैदेशिक रोजगारी छोडेर स्वदशमै बाख्रापालन, आम्दानी पनि मनग्य

पाँचथर । पाँचथर फिदिम–१ का केशव नेम्वाङले वैदेशिक रोजगारी छोडर अहिले स्वदेशमा नै व्यावसायिक बाख्रापालन शुरु गर्नुभएको छ । फिदिम नगरपालिका–१ मा फेदेन बाख्रापालन फार्म नै दर्ता गराएर उनले यो व्यवसाय शुरु गर्नुभएको हो । यसबाट उनले मासिक रु ४० हजार आम्दानी गर्न सफल भएको छ । वैदेशिक रोजागारीका लागि उहाँ ०६६ सालमा बेल्जियम जानुभयो । […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

अष्ट्रेलियाबाट आयात गरी उन्नत जातको बाख्रापालन

चितवन, १८ असोज  । खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ । विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा नेपालमा भित्र्याउने क्रम शुरु भएसँगै खसी बोकाको उत्पादन बढ्दो […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

तेह्रथुममा २४ करोडको दूध उत्पादन

तेह्रथुम, ६ असोज  । जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा रु २४ करोड बराबरको दूध उत्पादन भएको छ । जिल्लाका गाउँ–गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई–भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो । किसानले व्यावसायिक रुपमा समेत उन्नत जातका गाई–भैँसीपालन गर्न थालेकाले दूध उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक शिवजीप्रसाद […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

एक करोड लिटर दूध संकलन

विराटनगर, २९ भदौ । दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर दूध बिक्रीका लागि काठमाडौँ पठाइएको थियो भने ४० लाख लिटर दूधको पाउडर बनाइनुका साथै अन्य दुग्ध पदार्थ बनाइएको संस्थानले जनाएको […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर होइने

बाँके, २३ साउन । पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्न बढीभन्दा बढी मेहनत गर्नुपर्ने बताउनुभएको छ । ‘व्यावसायिक पशुपालनमा उत्पादन वृद्धि, पारिवारिक पोषण, रोजगारी र समृद्धि’ नाराका साथ क्षेत्रीय पशु सेवा निर्देशनालय मध्यपश्चिम सुर्खेतको आयोजनामा आजदेखि नेपालगन्जमा सुरु भएको आव २०७३÷७४ को तेस्रो चौमासिक […]

Posted in पशु/पंक्षी पालन,मुख्य खबर | Read More »

Categories

    Loading...