Home » फलफूल तथा जडीबुटी You are browsing entries filed in “फलफूल तथा जडीबुटी”

अलैंचीको मूल्य नपाएपछि किसान निराश

धनकुटा, ९ असोज  । अलैँंची बिक्री गरेर गत वर्ष रु २० लाख आम्दानी गर्नुभएका महालक्ष्मी नगरपालिका–४ का रत्नबहादुर थापा यस वर्ष रु पाँच लाख पनि नआउने भएपछि निराश हुनुभएको छ । यस वर्ष अलैँचीको मूल्यमा कमी आएको छ । विगत वर्षमा प्रतिमन रु एक लाख २० हजारसम्ममा बिक्री भएको अलँैंची हाल प्रतिमन रु ३० हजारदेखि […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर | Read More »

अलैँचीको मूल्यमा गिरावट

भद्रपुर, ९ असोज  । कालो सुन भनेर चिनिने अलैँचीको मूल्य निरन्तर घट्दै गएपछि कृषक र व्यवसायी चिन्तित बन्न थालेका छन् । कुनै समयमा ४० केजीको रु एक लाख २५ हजारसम्म पुगेको अलैँचीको मूल्य घटेर अहिले प्रतिमन रु ३० हजार पुगेकाले कृषक र व्यवसायी चिन्तित बनेका हुन् । पहिला नौ जिल्लामा अलैँची खेती हुन्थ्यो तर अहिले […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर | Read More »

पर्वतमा ४० टन लप्सी प्रशोधन

पर्वत, ७ असोज  । यो वर्ष पर्वतमा ४० टन लप्सी प्रशोधन गरिएको छ । नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाको मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा यस वर्ष ४० टन लप्सी प्रशोधन गरिएको हो । यो वर्ष जिल्लामा १३० मेट्रिक टन लप्सी उत्पादन भएको छ । जनशक्ति र प्रविधिको अभाव तथा पर्याप्त बजार […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर | Read More »

म्याग्दीबाट १६ प्रजातिका जडीबुटी निकासी

बेनी (म्याग्दी), ११ भदौ । पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ । जिल्लाका विभिन्न खर्क, जंगल र पाखोहरुबाट संकलन गरिएका पाँच हजार, ९८४ दशमलव सात किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लामा रहेका सामुदायिक वनबाट शक्तिवद्र्धक एवं […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर | Read More »

अकबरे खुर्सानीबाट तीन लाख आम्दानी

पाँचथर, १२ साउन । फाल्गुनन्द गाउँपालिका–४ का तारावीर नेम्बाङले गाउँकै जनता प्राविमा डेढ वर्ष शिक्षण गर्नुभयो । शिक्षण पेशाबाट मात्रै जीविकोपार्जन सम्भव नदेखेपछि उहाँले कृषि पेशा नै अगाँल्नु भयो । परम्परागत कृषि पेशाबाट पनि सोचेजस्तो आम्दानी गर्न नसकेपछि उहाँले अकबरे खुर्सानी रोप्न थाल्नुभयो । अहिले नेम्बाङले व्यावसायिक रुपमा अकबरे खुर्सानीखेती गरी वार्षिक रु तीन लाखसम्म […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर | Read More »

विद्यालयका खाली जमिनमा तरकारीखेती गर्ने कि ! विद्यार्थीलाई ज्ञानसँगै आम्दानी पनि हुने

देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्न सकिन्छ । […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर,विशेष रिपोर्ट | Read More »

अल्लो उद्यमतर्फ आकर्षण बढ्दै

लमजुङ, २८ असार । जङ्गलमा पाइने अल्लो आयआर्जनको भरपर्दो स्रोत बन्न थालेको छ । उच्च पहाडी क्षेत्रमा पाइने अल्लो लोकप्रिय बन्दै गएपछि व्यावसायिक उत्पादनतर्फ आर्कषण बढेको छ । गुरुङ समुदायले भाङ्ग्रालगायत सामग्री बनाउन मात्र प्रयोग गर्ने अल्लोको पछिल्ला दिनमा व्यावसायिक उत्पादन हुन थालेको छ । अल्लोबाट पछिल्लो समय झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, टाईलगायत […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर | Read More »

जडीबुटीखेतीबाट आम्दानी लिँदै किसान

कञ्चनपुर, २४ असार । शुक्लाफाँटा नगरपालिका– ७ जुडाका किसान क्यामामाइल जडीबुटीखेतीमा संलग्न भएका छन् । क्यामामाइलको उत्पादित सुगन्धित तेल सहजै बिक्री हुन थालेपछि यहाँका किसान उक्त खेतीमा संलग्न भएका हुन् । उत्पादित तेल नेपालगञ्जका व्यापारीले प्रतिलिटर रु ४० हजारका दरले किसानको घरबाटै खरिद गर्न थालेपछि क्यामामाइलको खेतीमा संलग्न किसान उत्साहित भएका छन् । यहाँका २२ […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर | Read More »

सिरहामा आँप उत्पादन घट्यो, मूल्य बढ्यो

लहान, १८ असार । आँपको राजधानी मानिने सिरहामा यसवर्ष आँपको उत्पादनमा कमी आएको छ । अघिल्लो वर्ष बढी आँप फलेको थियो तर यो वर्ष कम फल्ने भएपनि रोगकिराले समेत असर पारेकाले यसवर्ष आँप उत्पादन घट्ेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यसवर्ष पाँच हजार १७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर ८ दशमलव ४ प्रतिशतका दरले ४३ […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर | Read More »

आँप कुहिएर झर्न थालेपछि किसान चिन्तित

पाल्पा, २८ जेठ । आँप कुहिएर झर्न थालेपछि यहाँका किसान चिन्तित छन् । स्थानीय रम्भा गाउँपालिका–१ हुँगीका किसान यसपालि राम्रो फल लाग्ने आशामा रहे पनि आँप झरेर भुइँभरि झर्न थालेपछि किसान समस्यामा परेका हुन् । आँप खेतीका लागि उपयुक्त रहेको हुँगीमा बोटमै रहेको आँपको बीच भाग फुटेर किरा लाग्ने र झर्ने गर्न थालेपछि किसान मर्कामा […]

Posted in फलफूल तथा जडीबुटी,मुख्य खबर | Read More »

Categories

    Loading...