छाईल गाउँमा तरकारी खेतीमा आकर्षण बढ्दो

मुगु । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका वडा नम्बर ९ मा पर्ने छाईल गाउँका स्थानीयवासी हिजोआज तरकारी खेतीप्रति आर्कषित हुँदै गएका छन् ।
किर्डाक नेपाल, सहयोगि हातहरुको समुह, जिल्ला कृषि विकास कार्यालयको वेला वेलाको परामर्श तथा तालिम पश्चात स्थानीय तरकारी खेतीतर्फ लाग्न थालेका हुन् । तर सदरमुकाममा तरकारी खेतीप्रति सबैको चासो बढे पनि गमगढीदेखि चार घण्टा टाढा रहेको यस गाउँमा उत्पादित बन्दा, गोलभेंडा, आलु, प्याज, लसुन, लगायतको तरकारी बेच्नका लागि बजारको पहुँच भने नभएको किसानको गुनासो छ ।
बजारको सुविधा नभएपछि हरेक वर्ष लाखौ रुपैयाँको तरकारी खेर जाने गरेको किसानहरु बताउँछन् । हरेक वर्ष उत्पादन गरेको तरकारी नजिकको सानो बजारमा, छिमेकी गाउँ माँग्री र मह गाउँमा लगेर बेच्ने गरेको तर ठूलो बजार नहुँदा धेरै तरकारी खेर जाने गरेको स्थानीय बेसारकला रोकायाले बताउनुभयो ।
गमगढी नाक्चे लाक्ना सडक गाउँ नजिक पुग्न लागे पनि गाडी गुड्न सक्ने अवस्थाको नभएकाले गमगढी बजारमा तरकारी पु¥याउन नसकिएको स्थानीय जिरकला रोकायाको भनाई छ । सुरुमा तमाखु लगाउने बारीमा पछिल्लो वर्ष सबैले विभिन्न प्रकारका तरकारी खेती गर्दै आईरहेका छन् ।

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...