तिलगुफाका किसानले ४५ लाखको स्याउ बेचे

कालिकोट । कालिकोट जिल्लामा स्याउको राजधानीका रुपमा चिनिएको तिलागुफा नगरपालिका–१ बजेडीचौर टोलका किसानले ४५ लाखको स्याउ बिक्री गरेका छन् ।
बजेडीचौर टोलका ३१ घर परिवारले यस वर्ष ४५ लाख बराबरको स्याउ बिक्री गरेका हुन् । ७२ घरधुरी रहेको बजेडीचौर टोलमा यस वर्ष ३१ जना किसानहरुले स्याउ फलाएका थिए । ३१ जना किसानहरुमध्ये अधितकतम बेच्नेले ७ लाख सम्मको स्याउ बिक्री गरेका थिए ।
बजेडीचौर टोलका सबैले स्याउ रोपेको भएपनि सबैको बारीमा स्याउ राम्रो नफलेको स्याउ किसान पृथ्वीबहादुर बुढाले बताउनुभयो । बजेडीचौर टोलबाट सबैभन्दा बढी बेगम शाहीले ७ लाख रुपैयाँको स्याउ बिक्री गर्नुभएको थियो ।
स्याउ फलाएर कृषकहरुले राम्रो आम्दानी लिन थालेका र एउटै टोलमा ४५ लाखको स्याउ बिक्री हुनु कृषकहरुका लागि खुशीको कुरा भएको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले बताउनुभयो ।

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...