तरकारीको मूल्य आकासियो

तेह्रथुम, २५ असोज  । दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ ।

दसैँअघि बजारमा प्रतिकिलो रु तीनमा पाइने बन्दागोभीको मूल्य बढेर रु १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य रु १५ पुगेको छ ।

त्यस्तै, दसैँ अघि प्रतिकिलो रु २५ का दरले बिक्री भएको काउलीको मूल्य रु ४० पुगेको छ । तेह्रथुम, संखुवासभा र धनकुटाका किसानले बारीमा लगाएको बेमौसमी तरकारीको मूल्य बढेपछि किसान हौसिएका छन् ।

तिहारको समयमा मूल्य अझै बढ्ने तरकारी व्यापारी श्याम गुरुङले बताउनुभयो । मुख्य आमदानीको स्रोत तरकारीखेतीलाई बनाएका यहाँका किसानले यस वर्ष बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गरेका छन् ।

बन्दागोभी, काउली र मुला बिक्री गरेर लाखाँैं रुपैयाँ हात पारिरहेका छन् । अन्य आम्दानीको स्रोत नभएका र व्यावसायिक बेमौसमी तरकारीखेतीमा लागेका किसानका लागि चाडबाडको समयमा हुने तरकारीको मूल्य वृद्धिले फाइदा पु¥याएकोे छ । जिल्लाको फुलेक, सुङनाम, सोल्मा, जिरिखिम्ती, हमरजुङ, आङदिम, दाँगपा र वसन्तपुर, संखुवासभाको तामाफोक र मामलिङ तथा धनकुटाको मारेककटहरे, डाँडागाउँ, परेवा दिन, मूर्तिढुंगा, ताङखुवा, भीरगाउँ, पाख्रिबास, तेलियालगायतका किसान व्यावसायिक बेमौसमी तरकारी खेतीमा लागेका छन् ।

बेमौसमी तरकारी खेती यहाँका किसानको आर्थिक अवस्थामा सुधार ल्याउने गतिलो माध्यम बनेको छ । धनकुटाको हिलेदेखि तेह्रथुमको लसुने र संखुवासभाको मुढेशनिश्चरेसम्मका सडकका दायाँबायाँका हजारौँं रोपनीमा बेमौसमी तरकारी खेती गरिएको छ । यस क्षेत्रमा उत्पादन हुने बेमौसमी तरकारी धरान, विराटनगर, विर्तामोड, नारायणघाट, वीरगन्जलगायतका बजारमा बिक्री हुन्छ । रासस

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...