अनुदानमा २५ टन ‘जै’ घाँसको बीउ वितरण

चितवन, १९ कात्तिक  ।  चितवनको रत्ननगरमा किसानलाई २२ टन ‘जै’ घाँसको बीउ अनुदानमा वितरण गरिएको छ ।

घाँसमा आधारित पशुपालन विकासका लागि यसरी अनुदानमा घाँसको बीउ वितरण गरिएको रत्ननगर नगरपालिकाका पशु स्वास्थ्य प्रविधिज्ञ ईश्वरदत्त मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार ‘ज’ै घाँससँगै पाँच क्विन्टल विकासे कुटिलकोसाको बीउ समेत वितरण गरिएको छ ।
पशुपालनमा कृषकलाई प्रोत्साहन दिएर दूध उत्पादन बढाउने लक्ष्यसहित यो वर्ष रु १२ लाख अनुदानमा घाँसको बीउ वितरण गरिएको मिश्रले बताउनुभयो । किसानलाई ७० प्रतिशत अनुदान दिइने र बाँकी ३० प्रतिशत भने किसानले नै बेहोर्नुपर्ने छ ।

वितरित यी बीउबाट सामान्य किसानले पाँच कठ्ठादेखि व्यावसायिक किसानले पाँच बिगाहासम्म घाँसखेती गर्ने किसान छन् । रत्ननगरका किशोर बगालेले मात्रै झण्डै तीन बिगाहामा घाँसखेती गर्नुभएको छ ।

यस्तै, रिवब थपलिया, विष्णु गिरी, शंकर गिरी पनि धेरै घाँसखेती गर्ने किसानमा पर्नुहुन्छ । पछिल्लो समयमा घाँसखेती गर्ने किसान बढ्दो मात्रामा छन् । दाना चोकर बढी खुवाउने किसान समेत पछिल्लो समयमा घाँसखेतीमा आकर्षित छन् । एउटा सहकारीले १६ क्विन्टलसम्म घाँसको बीउ लिएर गएको मिश्र बताउनुहुन्छ ।

सबै सहकारीमा आवद्ध किसानलाई बीउ वितरण गरिएको हो । रत्ननगरमा व्यावासायिक रुपमा घाँस लगाउने किसान १५–२० जना भइसकेको पशुसेवा कार्यालय रत्ननगरले जनाएको छ ।

यस्तै, गुराँस फूल दुग्ध उत्पादक सहकारीले पनि घाँसखेती शुरु गरेको जनाइएको छ । घाँसमा आधारित पशुपालनले उत्पादनको लागत बढाउने र दीर्घकालीन रुपमा उत्पादन पनि बढ्ने भएकाले पनि घाँसमा जोड दिनुपर्ने पशुसेवा कार्यालय चितवनका प्रमुख डा डिल्लीराम सेढाईंले जानकारी दिनुभयो । चितवनमा नेपिएर, काफल, जूनेल, सिओ थ्री, भटमासे, इन्दु, सिमल चिनी, मेन्दोला, इपिल, जै लगायतका घाँसखेती हुँदै आएका छन् ।

चितवनका पश्चिम क्षेत्रमा समेत घाँसखेती फस्टाउँदो छ । चितवन मंगलपुरको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले पनि किसानलाई घाँसखेतीमा प्रेरित गर्दै आएको छ । उत्पादित बीउ सहकारीले नै खरिद गर्ने गरेको छ । रासस

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...