पूर्व लडाकुको कोदालोसग परेड, आधुनिक कृषिमा नयाँ सुरुवात

purba-ladaku1 ” मेरो योजना कृषिमा नया कार्य गर्नु नै छ ,एक दिन म यो देशलाइ कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने प्रमाणित गरेरै छाड्नेछु । ”
जिबनको केही समय हतियारको माध्यमबाट भबिष्य खोजिरहेका एक जना पुर्ब लडाकु रामेछाप बेताली-१ का प्रज्ञान खड्काको आत्मबिस्वास हो यो ।
हजारौ युबाहरु  दिन-रात हतियारको माध्यामबाट सबैको साझा भबिष्य खोज्दै गर्दा नेपालको कृषि ब्यबसाय ओझेलमा पर्यो ,जन्ताका दुख पीडा जाहाको त्याही रहे । हजारौ आमा-बुबाहरु साहाराबिहिन भए ,देशमा घुसखोरी,र भ्रष्टाचार वढी नै रहयो । महिलाहरुले पुरुषको अमानबिय ब्यबहारहरु सहनु नै पर्यो ,कलिला बालबालिका देखि लिएर बृद्द महिला सम्म बलात्कार को सिकार बन्नु नै पर्यो

यो सबै मुख्य कारक तत्व राजनिती बन्यो ,नेताहरुको  एकता भताभुङ भयो, ,बिचारहरु यत्रतत्र बने यो सबको मारमा यो देशका युबाहरु परे । त्यसैले त सबैको अरबिय मरुभुमी रोजाइको गन्तब्यस्थल बन्यो ।
तर यहि भिडभाड मध्यबाट फरक पात्र बनेर  उभिएका छन रामेछाप बेतालिका यी  युबा  प्रज्ञान खड्का ।
जीवनको केही समय खड्काले पनि हतियारसग सिँगौरी खेलेर बिताए ,देशका हरेक कुनाकन्दरामा पुगेर जन्तालाइ चेतना बाडे ,आफुहरुमाथी भैरहेको अत्याचारलाइ आवाज बुलन्द बनाउन सिकाए ,युबायुबतिहरुलाइ स्वयमसेबक बनाए ,सामन्तीका बिरुद्द धावा बोल्न सिकाए ,समयले नया मोड लियो तर समस्याहरु ज्युकोत्यु नै रहे अनि आफुलाइ आत्मनिर्भर बन्ने बाटो खोज्न थाले त्यो  उपयुक्त बाटो नेपालको परिपेक्ष्यमा कृषि नै थियो अनि होमे आफुलाइ आधुनिक कृषिमा ।
अहिले खड्काको उत्पादन रामेछाप कै स्थनिय बजारमा खपत हुन्छ बेताली र मन्थलिमा । आफ्ना वरपरको पाखापखेरामा सिमी ,गोलभेडा ,काउली,खुर्सानी जस्ता बिबिध तरकारी खेती गरेर आफुलाइ अब्बल किसानको रुपमा स्थापित गरेका छन खड्काले  ।
आफुले कृषि ब्यबसाय अगालेपछी दुख गर्यो भने यहि गर्न सकिने रहेछ भन्ने आफू भित्र दरिलो आत्मबिस्वास पलाएको र आयआर्जनका लागी मरुभुमी किन जान्छन भन्ने आफुलाइ लागीरहेको पनि प्रज्ञान ले बताए ।
अरबिय मरुभुमी जाने हरेक युबाहरुले आफ्नै पाखापखेरामा दुख गर्ने हो भने त्याहाको जति आम्दानी याही हुने खड्काको  ठम्याइ छ ।
आफ्नो बारीमा अहिले काउली ,खुर्सानी
बजारको माग अनुसार छिट्टै लौका, बोडी,घिरौला,करेलाका लागि समेत तयारी गरिरहेको छु प्रज्ञानले  जानकारी दिए ।
ठूलो सख्यामा आफ्नो उत्पादन बिसेसगरी सदरमुकाम मन्थलीमा खपत हुने बताउने खड्काले आम्दानीको यति नै हुन्छ भनी लेखाजोखा नराखेको बताए ।
“मुख्य समस्या सिचाइको छ ,अझ यसपाली त खडेरीको कारणले केही घाटा समेत ब्यहोर्नु परेको थियो  तर आफ्नो जागर उत्साहितरुपमा अगाडि बढिरहेको छ । ” उन्ले बताए ।
अनुकुल बाताबरणमा अनुकुल खेती गरिरहेको बताउदै प्रज्ञान भन्छन :”हामीले केही समयमा नै हाम्रो उत्पादनलाइ मन्थलीमात्र हैन अन्य ठाउमा समेत पुर्याउने छौ ।
भनिन्छ राजनिती समाजसेवा पनि हो यो सामाजिक चेतनाका साथै सामाजिक,आर्थिक र भौतिक पुर्बधारको बिकाशका लागि समेत एउटा अभिन्न अङ्ग हो भलै कसैले यसलाइ गलत तरिकाले उपयोग गर्छन त कसैले सहि तरिकाले । त्यसैले त प्रज्ञान अहिले क्रान्तीकारी माओबादी रामेछापका जिल्ला  सचिब समेत छन ।
हरेक किसानहरुमा राजनिती चेतना नी अनिबार्य हुनुपर्छ भन्ने मान्यता राख्ने प्रज्ञान भन्छन : ” सहि तरिकाले समाजको हितका लागि राजनिती गर्नु पर्छ । ”
हरेक युबाले आफ्नै देशमा रोजगार पाउनुपर्छ ,हरेक किसानहरु आफ्नै उत्पादनले बाच्नु पर्छ भन्ने चेतना खड्काले त्यो बेला नी बाडेकै हुन जुन बेला हतियारसग परेड खेल्दै थिए  तर उन्को हतियारले न किसानको सम्मान गर्यो न हजारौ बेरोजगार युबाहरुको नै सम्मान गर्यो । गर्यो  त केबल आफ्ना नेताहरुको गर्यो । नेताहरुमा स्वार्थका लागि बिचार छिन्नभिन्न भयो ,टुटफुट भयो । अनि निरास बनायो यिनै होस्टे गर्नेहरुलाइ ,प्रज्ञान खड्काहरुलाइ अनि किसान र गरिब नेपाली जन्तालाइ ।
त्यसैले त खड्काहरु मध्यका प्रज्ञान खड्काले आफैले कृषिको सुरुवात गरे ।      उन्को सुरुवातले हजारौ पुर्ब लडाकुहरुको कृषिमा काम गर्ने मनोबल बढोस ,हरेक राजनिती गर्नेहरु नेता मात्र हैनन किसान पनि हुनु पर्छ भन्ने महसुस होस ,बिदेश पलायन भएका हजारौ युबाहरुका बिच खड्का प्रेरणादायी पात्र बनुन सुभकामना ।

विशाल बस्नेत

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...