यो सात गुण थाहा पाएपछि तपाई पनि खानुहुनेछ दिनहुँ भिन्डी

bhindiभिन्डीमा कयौ यस्ता पोषक तत्व पाइन्छ, जुन अनय कुनै पनि तरकारीमा पाइँदैन । त्यसैले भिन्डीले कयौ ठुला रोगबाट तपाईलाई बचाउनुका साथसाथै भिन्डी खाँदा तपाईका धेरै स्वास्थ्य समस्या समाधान हुनेछ ।
मुटुको स्वास्थ्यका लागि राम्रो
शरीरमा कोलेस्ट्रोल बढ्दा मुटुसँग सम्बन्धित रोगको खतरा बढ्दछ । भिन्डीमा रहेको पेक्टिनले कालेस्ट्रोल नियन्त्रण गर्न सहयोग गर्दछ । यसका साथै यसमा एन्टी–अक्सिडेन्ट्स पनि भरपुर हुने गर्दछ ।

गर्भवतीका लागि पनि लाभदायी
गर्भवती महिलाहरुका लागि भिन्डी खानु निकै लाभदायी मानिन्छ । यसमा भरपुर भिटामिन बी–९ र फोलिक एसिड हुने गर्दछ । जसका कारण गर्भमा हुर्कँदै गरेको बच्चा कयौ प्रकारका न्युरोलजिकल समस्याबाट बच्ने गर्दछन् ।
इम्युनिटी बढाउन सहायक
भिन्डीमा भरपुर मात्रामा भिटामिन सी हुन्छ । यदि तपाई प्रतिदिन १०० ग्राम भिन्डी खाने गर्नु हुन्छ भने तपाईको शरीरका लागि आवश्यक भिटामिन सीको मात्राको ३८ प्रतिशत यसबाट पूरा हुन्छ । भिटामिन सी कयौ रोग र इन्फेक्सनबाट सुरक्षित राख्न सहयोगीसिद्ध हुने गर्दछ ।
तौल घटाउन सहयोगी
जो तौल घटाउने कोशिस गरिरहेका छन् उनीहरुका लागि पनि भिन्डी लाभदायी हुने गर्दछ । भिन्डीमा निकै कम मात्रामा क्यालोरी हुने गर्दछ । जसका कारण तौल घटाउनका लागि निकै उपयोगी सावित हुने गर्दछ ।
क्यान्सरबाट बचाऊ
एक अध्ययनका अनुसार भिन्डीमा कुनै पनि अन्य तरकारीको तुलनामा बढी कान्सन्ट्रेटेड एन्टी–अक्सिडेन्ट पाइन्छ । यो एन्टी–अक्सिडेन्टले फ्री–रेडिकल्सको असरबाट कोशिकाहरुलाई सुरक्षित राख्ने गर्दछ । जसका कारण भिन्डीले क्यान्सर हुने खतरासमेत टार्दछ ।
मधुमेह नियन्त्रण
भिन्डीमा डाइट्री फाइबर भरपुर मात्रामा हुने गर्दछ । जसले ब्लड–सुगर नियन्त्रण गर्ने काम गर्दछ । भिन्डीमा हुने इन्टी–डायबिटिक गुण बीटा–सेल्सको विकासमा पनि असरदार हुने गर्दछ ।
दिमाग सक्रिय राख्छ
फोलेट र भिटामिन बी–९ पनि दुई यस्ता पोषक तत्व हुन् जुन मुख्यतः भिन्डीबाट प्रान्त हुन्छ । यो दुवै दिमागलाई सक्रिय बनाइराख्नका लागि आवश्यक हुने गर्दछ ।

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...