माहुरीको गोला बिक्रीबाटै एक करोड आम्दानी

honey beeसल्यान , २१ असार । सल्यान कालिमाटी रामपुरका एक कृषकले मौरीको गोला बेचेरै वार्षिक एक करोड आम्दानी गर्न सफल हुनु भएको छ ।
कालिमाटी रामपुर गाउँ विकास समिति वडा न ३ का लोकन्द्र वलीले माहुरीको गोला विक्री गरेर एक करोड ३२ लाख ५०हजार  आम्दानी गर्न सफल हुनु भएको हो । २० घार मौरीबाट व्यवसाय सुरु गर्नु भएका वलीको घरमा अहिले ८ सयभन्दा बढि माहुरीका घार रहेका छन् । गत आर्थिक वर्षमा ८ सय गोलाबाट ५६ लाख आम्दानी गर्नु भएका वलीले यो वर्ष पनि ९ सय गोलाबाट ६७ लाख ५० हजार आम्दानी गर्न सफल हुनु भएको छ  ।
गत वर्ष एकघार गोलाको ७ हजारका दरले विक्रि गरेको कृषक वलीले यो वर्ष भने ७ हजार ५ सयका दरले बिक्रि गरेको  बताउनु भयो । उहाँले भन्नु भयो गत वर्ष जिल्ला भित्रै ८ सय गोला ७ हजारका दरले विक्री गरेर ५६ लाख आम्दानी गरेको थिए । यो वर्ष पनि ४ सय गोला विक्रि भईसकेको र ५ सय घार गोला बिक्रि गर्ने तयारीमा जुटि रहेको  छु । घार बनाउन काठको खरिद, माहुरीको लागि आवश्यक औषधि लगायत अन्य खर्च कटाएर पनि राम्रो आम्दानी भईरहेको उहाँले बताउनु भयो ।
जिल्ला बाहिर रुकुम, रोल्पा, प्युठान र दांगबाट गोलाको माग भएपनि जिल्लामा नै पु¥याउन नसकेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो रुकुमबाट ५ सय गोलाको माग भएको थियो तर जिल्लामै पु¥याउन नसकि रहेको अवस्थामा कसरी रुकुममा पु¥याउनु ।
जिल्ला कृषि विकास कार्यालय सल्यानको प्राविधिक तथा आर्थिक सहयोगले आफुलाई यो उचाई पु¥याएको उहाँले बताउनु भयो । महबाट भन्दा गोला बिक्रीबाट आम्दानी बढि लिन सकिने भएपछि मह उत्पादन भन्दा गोला निमार्ण तर्फ आफ्नो बढि जोड रहेको वलीको भनाई रहेको छ । उहाँले भन्नु भयो मह उत्पादन गरेर मह विक्री गर्नु भन्दा गोला बिक्री गर्दा बढि फाइदा हुन्छ , मह बिक्री गर्न जिल्ला बाहिरसम्म जानु पर्छ तर गोला बिक्रिका लागि कुनै समस्या नै छैन्, गाउँमै जतिपनि बिक्रि हुन्छ ।
घार बनाउन काठको अभाव भएको बताउदै उहाँले हल्ला जातको काठ पाउन गाह्रो भएको बताउनु भयो । टुनी तथा हल्का जातका रुख पाउन मुस्किल भएकाले गोला विक्रीमा थोरै समस्या हुने गरेको बताउनु भयो ।

दिपक शर्मा

नेपालको कृषिजगत र नयाँ नयाँ प्रविधिको विकाससम्बन्धी समाचार र विचार सिधै फेसबुकमा प्राप्त गर्न हामीलाई लाइकट्वीटरमा फलो गर्न सक्नुहुनेछ ।
Loading...

यसमा तपाइको मत

Categories

    Loading...